CLI

शर्तसहित टिकटक खोल्ने सरकारको निर्णय, प्रचण्ड सरकारले लगाएको प्रतिबन्ध ओली सरकारले हटायो

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध फुकुवा गरेको छ। आज (बिहीबार)को मन्त्रिपरिषद्को बैठकले टिकटक माथिको प्रतिबन्ध हटाएको हो।

शर्तसहित टिकटक खोल्न दिने मन्त्रिपरिषद्को निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

यस अघि साउन २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सबै समाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन सञ्चार मन्त्री, सञ्चार सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशनसँग सञ्चार मन्त्री गुरुङले टिकटक माथिको प्रतिबन्ध फुकुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए। उनको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो।

सामाजिक सद्भावमा खलल पुर्याएको भन्दौ प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको अघिल्लो सरकारले गत वर्ष कार्तिक अन्तिम साता टिकटक माथि प्रतिबन्ध लगाएको थियो।

उक्त प्रतिबन्धसँगै टिकटकले विभिन्न समयमा आफ्ना प्रतिनिधिहरु मार्फत सरकारलाई पत्र पठाएर प्रतिबन्ध हटाउन माग गर्दै आएको थियो।

छोटो समयमा निकै लोकप्रिय बनेको टिकटकले गत वर्ष प्रतिबन्ध लागेपछि नेपालको कानुन अनुसार चल्ने प्रतिबद्धता जनाउँदै आए पनि सरकारले खासै चासो दिएको थिएन।

Leave Your Comment

Related News