एडिबीले नेपाललाई थप सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई थप सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग जाकारी दिएका हुन् ।

एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत एडिबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन र शिक्षा क्षेत्रमा सहयोग गर्नेछ । यो कार्यक्रम विश्व बैंकसँगको सहकार्यमा  सञ्चालन हुनेछ ।

एडिबीका सुपक चाइयावानसँगको भेटमा  अर्थमन्त्री पौडेलले एडिबीको सहयोगबाट सञ्चालित कार्यक्रमहरु प्रभावकारी रुपमा अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

एडिबीका कार्यकारी निर्देशक चाइयावानले नेपालको अर्थतन्त्र समस्यामा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलको नेतृत्वमा अर्थतन्त्र गतिशिल हुने विश्वास व्यक्त गरेका हुन् । एडिबीले नेपालमा पूर्वाधार विकास, शिक्षा, वातावरण लगायतका क्षेत्रमा सहयोग  गर्दै आएको छ  ।

 

 

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार