प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा सर्वसाधारणले किन्न पाउने

काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको १ लाख ९९ हजार ६८० कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थापक समुहको शेयर यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनको समय सिमा राखी बिक्री खुला गरिएको थियो। तोकिएको समयमा , संस्थापक शेयरधनीबाट शेयर खरिदको लागि आबेदन  नपरेकोले सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

शेयर खरिद गर्न चाहने इच्छुक सर्वसाधारण ब्याक्ति संघ सस्थाले  ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि आबेदन  दिनु पर्नेछ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार