५ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज, आर्थिक लेनदेनको जानकारी दिन आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ५ रेमिट्यान्स कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको जानकारी दिएको छ । केन्द्रिय बैंकले शुक्रबार सूचना जारी गर्दै राम्रो रेमिट, ग्लोबल माउन्टेन रेमिट, संसार रेमिट, ललित मनी ट्रान्सफर र माक्स मनी ट्रान्सफरको लाइसेन्स स्वत: खारेज भएको जानकारी दिएको हो।

यी कम्पनीहरुको नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावलील २०७९ अनुसार खारेज भएको हो । यस्तै राष्ट्र बैंकले उक्त विप्रेषण कम्पनीहरुसँग कोही कसैको लेनदेन वा हिसाव भए आगामी ३५ दिनभित्र राष्ट्र बैंकमा जानकारी दिन आग्रह गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार