CLI

पहिलो महिना ९० करोडको ३८१ इलेक्ट्रिक कार आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा करिब ९० करोड रुपैयाँ बराबरको इलेक्ट्रिक कार आयात भएको छ। भन्सार विभागका अनुसार साउनमा ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरको ३८१ युनिट इलेक्ट्रिक कार आयात भएको छ।

इलेक्ट्रिक कार आयात मार्फत सरकारले ५२ करोड १८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

पहिलो महिना नेपालमा चीन, भारत र जर्मनीबाट इलेक्ट्रिक कार आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै इलेक्ट्रिक कार चीनबाट आउने गरेको छ। चीनबाट ५६ करोड ८ लाख ६४ हजार रुपैयाँ बराबरको २०२ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

भारतबाट ३२ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको १७८ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

जर्मनीबाट ८५ लाख १२ हजार रुपैयाँ बराबरको एक यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

Leave Your Comment

Related News