CLI

पुस मसान्तसम्म डेडिकेटेड ट्रंकलाइनको महशुल असुल गर्नु पर्ने, नगरे प्राधिकरणका कर्मचारीबाट उठाउन लेखा समितिको सरकारलाई निर्देशन

काठमाडौं । संसदको लेखा समितिले पुस मसानतसम्म डेडिकेटेड ट्रंकलाइनको महशुल असुल गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ। आइतबार बसेको समितिको बैठकमा अध्यक्ष ऋषिकेश पोखरेलले प्राधिकरणलाई उक्त निर्देशन दिएको सुनाए।

साथै पुस मसान्त भित्र प्राधिकरणले बक्यौता असुल उपर नगरे विद्युत प्राधिकरण नियमावली १० बमोजिम जिम्मेवार कर्मचारी तथा सम्बध कर्मचारीहरुबाट उक्त बक्यौता रकम असुल उपर गर्न गराउन नेपाल सरकार सरकारलाई निर्देशन दिइएको छ।

 

Leave Your Comment

Related News