होण्डा कारको ‘होण्डा कार दशैं उपहार, अफर माथि अफर’

काठमाडौं । होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होण्डा कार दशैं उपहार, अफर माथि अफर’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि कारको खरिदमा ५ लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट, २ वर्षका लागि गाडीको इन्स्योरेन्स र ट्याक्स फ्रि र ५ वर्ष सम्म गाडीको सर्भिसिङको सुबिधा पनि नि:शुल्क उपलब्ध गराएको छ।

ग्राहकहरुलाई सहज फाइनान्सको सुबिधा दिनको निम्ति होण्डा को कार खरिद गर्दा आकर्षक ब्याजदरका साथ २० प्रतिशतसम्मको डाउनपेमेन्ट उपलब्ध गराइरहको छ । कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले नि:शुल्क एसेसोरिज र स्पट एक्सचेञ्जको पनि सबिधा उपलब्ध गराउनेछ। यसका साथै होण्डा ले आफ्नो ग्राहकहरुलाई रोड साइड असिस्टेन्टको सुबिधा साथै २ वर्ष अथवा एक लाख किलोमिटरसम्म वारेन्टी दिनेछ। यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । नेपालमा सर्वाधिक रुचाइएको र विश्वास गरिएको होण्डा कारको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार