पहिलो महिना साढे सात करोडको ७५८ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा साढे ७ करोड रुपैयाँ भन्दा बढीको इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ। भन्सार विभागका अनुसार साउनमा ७ करोड ६५ लाख ९६ हजार रुपैयाँ बराबरको ७५८ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ।

इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटरको आयातबाट सरकारले २ करोड ६४ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

साउनमा नेपालमा चीन र भारतबाट मात्र इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको देखिन्छ।

चीनबाट ३ करोड ६४ लाख रुपैयाँ बराबरको ५९३ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ।

भारतबाट ४ करोड १ लाख ९६ हजार रुपैयाँ बराबरको १६५ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार