डेडिकेटेड र ट्रंकलाइनबाट ६ अर्ब हैन, २२ अर्ब उठाइनु पर्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्राधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइनबाट ६ अर्ब हैन, २२ अर्ब रुपैयाँ उठाइनु पर्ने बताएका छन्। आइतबार समाजिक सञ्चालमा प्रधानमन्त्री ओलीले यस्तो लेखेका हुन्।

‘६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छ! केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ। तर सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो । उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगहरुबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन। ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ,’ ओलीले लेखेका छन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार