१८ प्रतिशतले बढ्यो शेयर धितो कर्जा

काठमाडौं । शेयर धितो कर्ता अर्थात् मार्जिन प्रकृतिको कर्जा १८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने शेयर धितो कर्जा १८ प्रतिशत अर्थात् १३ अर्ब ५५ करोड ८० लाख रुपैयाँले बढेको हो । आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले ९० अर्ब ९ करोड ३० लाख रुपैयाँ शेयर धितो कर्जा वितरण गरेका छन् । भने आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले ७६ अर्ब ५३ करोड ५० लाख रुपैयाँ शेयर धितो कर्जा वितरण गरेका थिए । शेयर बजार पनि आम्दानीको स्रोत बन्न सक्ने भन्दै शेयर लगानीकर्ताले कर्जा माग गरे सँगै यसमा वृद्धि भएको बैंकरहरु बताउछन् ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरु मध्ये समीक्षा अवधिमा सबैभन्दा बढी वाणिज्य बैंकले शेयर धितो कर्जा वितरण गरेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकले ११ अर्ब ६६ करोड ६० लाख रुपैयाँ, विकास बैंकले १ अर्ब ४२ करोड ९० लाख रुपैयाँ र वित्त कम्पनीहरुले ४६ करोड ४० लाख रुपैयाँले बढी शेयर धितो कर्जा प्रवाह गरेका छन् । पछिल्लो समय २ देखि ३ खर्ब रुपैयाँले शेयर बजार पूँजीकरण रकम वृद्धि भएको छ जुन भनेको कम्पनीहरुको शेयर मूल्य बढ्न रहेको छ । साउन तेस्रो साता मात्रै सेयर बजारमा बजार पूँजीकरण रकम २ खर्ब ९७ अर्ब रुपैयाँले बढेको थियो । यसरी कम्पनीको शेयर मूल्य बढ्दा लगानीकर्ताले गरेको लगानी समेत बढ्ने हुन्छ ।

आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकले ७० अर्ब ३४ करोड ५० लाख रुपैयाँ, विकास बैंकले १५ अर्ब ५९ करोड ४० लाख रुपैयाँ र वित्त कम्पनीहरुले ४ अर्ब १५ करोड ५० लाख रुपैयाँ शेयर धितो कर्जा वितरण गरेको हो । आर्थिक वर्ष २०७९८० मा वाणिज्य बैंकले ५८ अर्ब ६७ करोड ९० लाख रुपैयाँ, विकास बैंकले १४ अर्ब १६ करोड ५० लाख रुपैयाँ र वित्त कम्पनीहरुले ४६ करोड ४० लाख रुपैयाँ शेयर धितो कर्जा वितरण गरेका थिए । अर्कोतर्फ पूँजीबजारको आकार र कारोबार बढे सँगै बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा प्रवाह बढ्दै जाने गर्छ । पछिल्लो समय पूँजी बजारको आकार बढ्नुको साथै कारोबार समेत बढेको छ भने वाणिज्य बैंकहरुले ब्याजरद एकल अंकमा सिमिति राखेका छन् जसले गर्दा शेयर धितो कर्जा बढ्ने बैंकरहरु बताउछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार