SKIP THIS

NCELL

प्रतिनिधि सभाको बैठक बस्दै,धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भनी प्रस्ताव पेश हुने

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पति भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनु हुने, स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसुची रहेको छ

साथै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने,

सभामुखले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वि.सं. २०५६ सालमा सर्लाही जिल्ला क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य, वि.सं. २०६३ सालमा पुनःस्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिका–संसद सदस्य एवं पूर्वभूमिसुधार तथा व्यवस्था राज्यमन्त्री रामचन्द्र राय यादवको ७१ वर्षको उमेरमा मिति २०८१ साल साउन ०६ गते आईतवार निधन भएकोमा बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रदान्जली अर्पण गर्ने कार्य सुची रहेको छ  ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार