सुनको मूल्य हालसम्म कै उच्च

काठमाडौं । सुनको मूल्य हालसम्म कै उच्च पुगेको छ । बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै सर्वाधिक उच्च पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।

मंगलबारको बजारमा छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसभन्दा अघि भदौ ५ गते बुधबार १ लाख ५३ हजार रुपैयाँमा उच्च कारोबार भएको थियो । उक्त मूल्य भन्दा माथि बुधबार सुनको मूल्य पुगेको हो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८५५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार