५८ अर्ब पुग्यो सुनचाँदी धितो कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितो राखी ५८ अर्ब ४८ करोड रुपैयाँ कर्जा वितरण गरेका छन् । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ५.३२ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितो राखी ५५ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

पछिल्लो समय सुनचाँदीको मूल्य अर्थात् विशेष गरी सुनको मूल्य वृद्धि हुदाँ पनि सुन धितो राखी कर्जा लिनेको संख्या बढेको छ । वार्षिक रुपमा सुन प्रतितोला २० देखि ३० हजार रुपैयाँ सम्म बढ्को अवस्थामा समेत कर्जा वितरण भने बढेको देखिन्छ । २०८० पुस १२ गते १ लाख २२ हजार रुपैयाँ रहेको सुन प्रतितोला बुधबार १ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ । सुनचाँदीमा सर्वसाधरणको आर्कषण बढ्नु भनेको भविष्य सुरक्षित गर्नका लागि भएको बैंकरहरुको भनाई छ । सुनचाँदी धितो राखेर कर्जा पाउने तथा मूल्य समेत घटबढ हुने हुदाँ सुनबाट फाइदा लिन सक्ने देखेर यसको प्रयोग बढ्दा कर्जा प्रवाह समेत बढेको बैंकरहरु बताउछन् ।

आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी सुनचाँदी धितो कर्जा वितरण गर्नेमा वाणिज्य र्बैंक, विकास बैंक र वित्त कम्पनी रहेका छन्, यसो हुनमा भने उनीहरुको चुक्ता पूँजीको आकारले गर्दा पनि हो । आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकले सुनचाँदी धितोमा ५३ अर्ब ४२ करोड रुपैयाँ कर्जा वितरण गरेको छ । जुन आर्थिक वर्ष २०७९/८० को भन्दा २ अर्ब ८५ करोड रुपैयाँले कर्जा प्रवाह बढी हो । आर्थिक वर्ष २०७९/८० मा वािणज्य बैंकले सुनचाँदी धितो राखी ५३ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा विकास बैंकले सुनचाँदी धितोमा ३ अर्ब ९३ करोड ६० लाख रुपैयाँ कर्जा वितरण गरेको छ । जुन आर्थिक वर्ष २०७९/८० भन्दा ५० लाख रुपैयाँले कर्जा प्रवाह बढी हो । आर्थिक वर्ष २०७९/८० मा विकास बैंकले सुनचाँदी धितो राखी ३ अर्ब ९३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा वित्त कम्पनीहरुले सुनचाँदी धितोमा १ अर्ब १३ करोड रुपैयाँ कर्जा वितरण गरेको छ । जुन आर्थिक वर्ष २०७९/८० भन्दा १० करोड रुपैयाँले कर्जा प्रवाह बढी हो । आर्थिक वर्ष २०७९/८० मा सुनचाँदी धितोमा १ अर्ब २ करोड रुपैयाँ कर्जा वितरण गरिएको थियो । बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा राखी ग्राहको आवश्यकता अनुरुप तथा सुनचाँदीको मूल्यांकन मार्फत् कर्जा वितरण गर्छन् ।

बैंकहरूले सुन धितोमा राखी कर्जा प्रवाह गर्दा बजार मूल्यका आधारमा धितो मूल्यांकन गर्ने गर्छन्। बजारमा सुनको मूल्य घटबढ भइरहँदा मूल्यांकन समेत घटबढको अवस्था रहँदा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी बढ्दै गएको बैंकले जनाएको छ। यतिबेला नेपाली बजारमा सुनको भाउ घट्ने र बढ्ने प्रक्रिया जारीे छ। सुनचाँदी धितो राखेर अधिकांश वाणिज्य बैंकले कर्जा दिँदै आए पनि सुनको भाउ बढ्दै जाँदा यसतर्फको लगानी बढाउदै लगेका छन् । सस्तो ब्याजदर तथा सहजै रुपमा कर्जा पाइने भएका कारण सुनचाँदी धितोमा अधिकांशले कर्जा लिने गरेका छन्। सुन धितो राखेर कर्जा लिँदा बैंकहरूले बजार मूल्यको ५० देखि ७० प्रतिशत रकम दिने गरेकाले पनि यस्तो कर्जामा आकर्षण बढेको देखिन्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार