CLI

कुमारी बैंकका ग्राहकले  र्‍याडिसन होटल छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटल (लाजिम्पाट, काठमाण्डौं) बीच कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट दिने संझैता भएको छ  ।

सम्झौता अनुशार कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले र्‍याडिसन होटल प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५%, पेस्ट्री सपमा १०%, फिटनेस सम्बन्धि सेवामा २०%, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५% र केकहरुमा १०% छुट प्राप्त गर्न सक्नेछन् ।

यो सहमतिबाट पाउने छुटले  बैंकका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरु सहुलियतदरमा प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको जनाएको छ  ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग गर्दै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत बित्तिय कारोबार गरिरहेको छ ।

 

 

Leave Your Comment

Related News