काठमाडौं । आज बिहिबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबार तोलाको १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएर ऐतिहासिक मूल्यमा पुगेको छापावाल सुनको मूल्य आज पनि तोलामा १ सय रुपैयाँले बढेर तोलाको १ लाख ५३ हजार २ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३१ हजार ३ सय ४५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेर तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ६९ रुपैयाँ तोकिएको छ ।