गोगोरो र नेबुला इनर्जीको व्यावसायिक सुरुवात, ४५ ब्याट्री स्वापिङ गर्ने स्थान घोषणा र स्मार्ट स्कूटरका तीनओटा मोडेल सार्वजनिक

काठमाडौं । गोगोरो र नेबुला इनर्जीले काठमाडौंमा व्यावसायिक सुरुवातको घोषणा गरेको छ। उक्त व्यावसायिक सुरुवातसँगै कम्पनीले गोगोरो पल्स, गोगोरो जेगो र गोगोरो जीएक्स २५० साथै काठमाडौं उपत्यकामा ४५ वटा ब्याट्री स्वापिङ स्टेसन रहने स्थानहरूको पनि घोषणा गरेका छन्।

जारी नाडा अटो शोमा गोगोरोको एम थ्री स्टलमा आयोजित विशेष मिडिया अन्तरक्रिया कार्यक्रममा उक्त घोषणा गरिएको हो। दुई स्वाप स्टेशनहरूको सफ्ट लन्च र फूडमान्डु र जुमजुम जस्ता रणनीतिक साझेदारहरूसँग स्कूटरहरूको प्रयोग पश्चात् प्राप्त अत्याधिक सकारात्मक प्रतिक्रिया पछि गोगोरो अब आफ्ना स्कुटरहरू बिक्रीको लागि तयार भएको हो।

मिडियासँग कुरा गर्दै नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले सस्टेनेबल मोबिलिटी र प्रविधिको नयाँ युगमार्फत् गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पुर्‍याउने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको भनाईमा थप्दै प्रबन्ध निर्देशक सहायु गोयलले दुई पाङ्ग्रे सेग्मेन्टमा ईभीको प्रयोग व्यापक स्तरमा हुनका लागि प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता रहेको औंल्याए। ब्याट्री–स्वापिङ टेक्नोलोजीद्वारा सञ्चालित गोगोरोका स्कूटर रेन्जले विद्युतीय दुई पाङ्ग्रे सवारी खरिद गर्ने उपभोक्ताहरूले सामना गर्ने यस्ता प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न मौलिक समाधान प्रदान गर्ने बताइएको छ।

नेबुला इनर्जीले हाल उनीहरूको जीएक्स २५० को लागि रणनीतिक बीटूबी साझेदारहरूलाई ब्याट्री स्वापिङ सेवाहरू प्रदान गरिरहेको छ। नेबुलाले सेप्टेम्बरको मध्यमा नक्सालको नारायणचौरमा पहिलो गोगोरो शोरुमको उद्घाटन गर्नेछ। उद्घाटनपछि ग्राहकहरूले स्कुटरको परीक्षण र विशेष इन्ट्रोडक्टरी प्राइसमा प्रि–बुकिङ गर्ने र दशैंपछि आफ्नो स्मार्टस्कुटरको डेलिभरी प्राप्त गर्नेछन्। बिक्री सुरु गर्नु अघि ४५ स्वाप स्टेसनहरू स्थापना गर्ने आफ्नो प्रतिबद्धता अनुरुप नेबुलाले काठमाडौं उपत्यका वरिपरि ४५ वटा ब्याट्री स्वापिङ स्टेशनका लागि निश्चित स्थानहरूको घोषणा गरेको छ जस अनुसार प्रत्येक २–३ किलोमिटरमा एउटा स्टेशनको उपलब्धता सुनिश्चित हुनेछ। स्टेशनहरू रणनीतिक रूपमा पेट्रोल पम्प, मार्ट, मल र ग्राहकहरूको सहजता र पहुँचका लागि साझा चासोका क्षेत्रहरूमा रहनेछन्।

गोगोरो स्मार्ट स्कुटरहरू खरिद गर्ने बारे सबैभन्दा चाखलाग्दो कुरा भनेको यसमा ग्राहकहरूले ब्याट्री खरिद गर्न आवश्यक पर्दैन किनकि गोगोरोले सुविधाजनक ब्याट्री सब्सक्रिप्सन योजना प्रदान गर्दछ। यो योजनाले स्वाप स्टेशनहरूको सम्पूर्ण नेटवर्कमा पहुँच प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई ब्याट्री स्वामित्वको झन्झट बिना नै आफ्नो स्कूटरहरू पावर अप राख्न सजिलो बनाउँछ।

अन्तत: नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पहरूको संख्याभन्दा धेरै ब्याट्री स्वापिङ स्टेशनहरू स्थापना गर्ने योजना बनाएको छ।

गोगोरो पल्स

भविष्यलाई दृष्टिगत गरेर गोगोरोले नयाँ एडभान्स्ड हाइ पर्फर्मेन्स स्मार्टस्कूटरलाई पुन: डिजाइन गर्ने क्रममा पल्सको निर्माण गरिएको छ। पल्स विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर हो र यसले गोगोरोको नवीनता र क्षमतालाई स्पष्ट रूपमा प्रदर्शन गर्दछ।

पल्सले एडभान्स्ड एरोडायनामिक डिजाइन, नयाँ ९ किलोवाटको गोगोरो–डिजाइन पावरट्रेन, रिभोलुसनरी एडेप्टीभ एक्टिभ–म्याट्रिक्स लाइटनिङ र प्यानोरामिक हाई–डेफिनिशन टच डिस्प्ले प्रयोग गर्दछ।

पल्स गोगोरोको नयाँ हाइपर ड्राइभ पावरट्रेनद्वारा संचालित छ जुन ऊर्जा खपत घटाएर पर्फर्मेन्स बढाउन डिजाइन गरिएको हो। हाइपर ड्राइभको मुटुमा गोगोरोको नयाँ हाई पर्फर्मेन्स एच वान मोटर, पूर्ण रूपमा पुन: डिजाइन गरिएको इलेक्ट्रिक पावर प्लान्ट र पछिल्लो ह्वीलमा ३७८ एनएम टर्कको साथमा अत्याधुनिक ट्रयाक्सन कन्ट्रोल प्रदान गर्ने एक शक्तिशाली स्मार्ट प्रणाली हाइपरकोर हुन्छ। गोगोरोको हाइपर ड्राइभले नयाँ हाइब्रिड वाटर र एयर डुअल–कूलिङ प्रणालीलाई पनि एकीकृत गर्दछ। हाइपर ड्राइभले पल्सलाई पर्फर्मेन्सको निम्न नयाँ लेभलहरू प्राप्त गर्न सक्षम बनाउँछ:

०–५० प्रतिघण्टा किलोमिटर – ३।०५ सेकेन्ड

९।० किलोवाट – म्याक्सिमम पावर आउटपुट

११,००० आरपीएम – म्याक्सिमम आरपीएम

३७८ एनएम टर्क – रियर व्हीलमा

गोगोरो जेगो

गोगोरो जेगोले ईभी स्कूटरको बजारमा अरुभन्दा फरक विभिन्न सुविधाहरू प्रदान गर्दछ। यो स्लीक नयाँ बडी डिजाइन र गोगोरोका मुख्य आविष्कारहरूसँग सुसज्जित छ। यसका मुख्य विशेषताहरूमा डुअल ब्याट्री अप्सनहरू समावेश छन् जसले उच्च गति र लामो रेन्जहरू प्रदान गर्दछ। जेगोमा फराकिला आरामदायी सिट, चौडा ट्रंक र हल्का तौल उपलब्ध छ जसले यसलाई सजिलै चलाउन र डोहोर्याउन मिल्ने बनाउँछ।

गोगोरो जीएक्स २५०

गोगोरो जीएक्स २५० अल्टिमेट दुई पाङ्ग्रे एसयूभी हो। भारतको महाराष्ट्रमा बनाइएको जीएक्स २५० भारतमा निर्मित गोगोरोको पहिलो स्मार्टस्कुटर हो। पुन: डिजाइन गरिएको क्रसओभर सिरिज, अल टेरेन फ्रेममा बनाइएको छ जसले विभिन्न स्टोरेज, राइडिंग र कस्टोमाइजेसन क्षमताहरू प्रदान गर्दै बढ्दो रिजिडिटी र कम्फर्ट दिन्छ। क्रसओभर जीएक्स २५० को नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउँछ र आराम र स्थिरतालाई जोड दिँदै ठूला भारहरू पनि अटाउन सक्छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार