स्टार्ट उप उद्यमीलाई तालिम दिन प्रतिष्ठानले विज्ञहरु सँग माग्यो आवेदन, पारिश्रमिक खुलाउनु पर्ने

काठमाडौं । औद्योगिक विकास प्रतिष्ठानले स्टार्टअप विज्ञलाई स्टार्ट अप उद्यम तालिम दिन  आग्रह गरेको छ । प्रतिष्ठानले पछिल्लो सयम सञ्चालन गरेको स्टार्ट अप उद्यमका लागि आवश्यक विषय विज्ञहरुको आवश्यकता परेको बताएको छ ।

प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरेका अनुसार स्टार्ट अप उद्यम गर्न चाहने व्यक्तिलाई औपचारिक, अनौपचारिक शिक्षा तथा तालिमको लागि विषयविज्ञहरु आवश्यक पर्ने हुदाँ प्रतिष्ठानमा आवेदन दिन आग्रह गरिएको हो । प्रतिष्ठानले सञ्चालन गर्ने कार्यक्रमहरु स्टार्ट अपका साथै उद्यमशीलता, उद्यम सम्वद्र्धन, सूचना प्रविधि, कानुन लगायत विभिन्न क्षेत्रका विषयविज्ञहरु आवश्यक परेको बताइएको छ । यो सँगै विज्ञहरुले आफनो पारिश्रमिक रकम खुलाई आवेदन दिन सक्नेछनन् ।

चालु आर्थिक वर्षमा सरकराले स्टार्ट अप कोषका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘नेपाल स्टार्ट अप कोष’ नाम दिई सरकारले उक्त कोषका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो । यसैबीच प्रतिष्ठानले चालु आर्थिक वर्षको लागि स्टार्टअप उद्यम कार्यक्रम अघि बढाइसकेको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ को दफा ४ बमोजिम योग्यता पुरा गरेका अनुसूची १ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीहरूले आवदेन पेश गर्न आग्रह गरिएको हो । आवेदकहरुले अबको एक्काइस दिनभित्र कार्यविधिको अनुसूची ३ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेश गर्नु पर्ने हुन्छ । परियोजना प्रस्ताव अनलाइनमार्फत पनि भर्न सकिनेछ । परियोजना प्रस्तावको ढाँचा भने प्रतिष्ठान तथा कार्यविधिले तोके अनुरुप हुनुपर्ने सूचना अधिकारी घिमिरेले बताए ।

चालु आर्थिक वर्षमा स्टार्टअप उद्यम सञ्चालनका लागि भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउत ३० गते स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गरेको थियो । स्वीकृत कार्यविधि अनुरुप उद्यम तथा परियोजनालाई धितो मानेर तीन प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा पाउन सकिनेछ । कार्यविधिमा स्टार्टअप उद्यमका लागि निश्चित योग्यता तोकिएको छ ।

यसमा उद्यम व्यवसाय दर्ता भई दश वर्ष ननाँघेको तथा स्थापना भएपछिको कुनैपनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाँघेको हुनुपर्नेछ । त्यस्तै, प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्थाको रुपमा उद्योग दर्ता गर्ने निकायमा दर्ता भएका उद्यम तथा व्यवसाय यस्तो कर्जा पाउनका लागि योग्य हुनेछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार