३६.८३ अंकले घट्यो शेयर बजार, करिब साढे १ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अंकले घट्दा कारोबार रकम करिब साढे १ अर्ब रुपैयाँले घटेको छ । बिहीबार नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.३५ अंकले घटेर ४८९.७९ विन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार ५३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । बिहीबार ३२२ वटा कम्पनीको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १२ अर्ब २४ करोड ३६ लाख १ हजार रुपैयाँ रह्यो । जुन बुधबारको तुलनामा १ अर्ब ४८ करोड ३७ लाख ६७ हजार रुपैयाँले कम हो । बुधबार ३२६ वटा कम्पनीको शेयर कारोबार रकम १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार रुपैयाँ रहेको थियो ।

बिहीबार १२ वटा समूह सूचकको शेयर मूल्य घट्दा १ वटा समूहको शेयर मूल्य बढेको छ । म्युअुचल फण्ड ०.०२ अंकले बढ्दा बैकिङ २८.८२, विकास बैंक ६२.०६, वित्त ३४.०६, होटल र पर्यटन १३२.५०, जलविद्युत ४.७८, लगानी १.११ , जीवन बीमा २८८.८१, उत्पादन र प्रशोधन ७१.२६, लघुवित्त १०५.११, निर्जीवन बीमा २५२.३३, व्यापार २६.४९ र अन्य ११.१७ अंकले घटेको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार हुनेमा गुडविल फाइनान्स, अपि पावर कम्पनी ,हिमालयन रिइन्स्योरेन्स, नेपा फाइनान्स र राठी विद्युत कम्पनी रह्यो । गुडविल फाइनान्सको ३७ करोड ६५ लाख रुपैयाँ, अपि पावर कम्पनीको ३६ करोड ६४ लाख रुपैयाँ ,हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ५६ लाख रुपैयाँ, नेपाल फाइनान्सको ३४ करोड ३ लाख रुपैयाँ र राठी विद्युत कम्पनीको ३१ करोड ९४ लाख रुपैयाँ बराबर कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार