पूर्वकप्तान पारस खड्का गुजरात टिममा अनुबन्ध

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट टी–२० प्रतियोगिता खेल्ने भएका छन् ।

प्रतियोगिताको तेस्रो संस्करणमा सचिव खड्कालाई गुजरात टिमले अनुबन्ध गरेको हो । गुजराजले पारसलाई आफ्नो टोलीमा आबद्ध गरिएको लिजेन्ड्स क्रिकेट लिगको फेसबुक पेजमार्फत् सार्वजनिक गरिएको छ ।

उनलाई बिहीबार भएको अक्सनबाट गुजरातले साढे १२ लाख भारु अर्थात् २० लाख नेपाली रुपैँयामा अनुबन्ध गरेको हो ।

प्रतियोगिता सेप्टेम्बर २० देखि भारतमा हुनेछ। प्रतियोगितामा गुजरातसहित इन्डियन क्यापिटल्स, भीलवाडा किंग्स, मनिपाल टाइगर्स, साउदर्न सुपरस्टार र अर्बानराइजर्स हैदरावाद छन्।

प्रतियोगिता खेल भारतको राजस्थानदेखि कास्मिरमा पनि हुनेछन्।  लिग चरणको शीर्ष स्थानमा रहने दुई टोलीबीच अक्टोबर १६ मा फाइनल हुनेछ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार