पाँच दिनअघिमात्र बढेको अन्डाको मूल्य फेरि बढ्यो

काठमाडौं । कुखुराको अन्डाको मूल्य फेरि बढेको छ। पाँच दिनअघिमात्र बढेको अन्डाको मूल्य नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी अन्डाको समर्थन मूल्य तोकेको हो।

विहीबार बसेको संघको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार मानेर मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ तय गर्ने निर्णय गरेको हो।

यसअघि भदौ ८ गते बसेको संघको बैठकले एक्सएल अन्डा प्रतिक्रेट (३० वटाको) ५ सय ५, ठूलो अन्डा ४ सय ९५ र मध्यम अन्डाको मूल्य ४ सय २५ रुपैयाँ कायम गरेको थियो। सो समय संघले विगतको मूल्यमा एक्सएल अन्डामा प्रतिक्रेट पाँच रुपैयाँ तथा ठूलो र मध्यमको १० रुपैयाँले वृद्धि गरेको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार