१ खर्बले नाघ्यो बैंक तथा वित्तीय संस्थाको तलबभत्ता र कार्यालय खर्च

काठमाडौं । बैंक तथा वित्तीय संस्था सञ्चालन खर्च अर्बो रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो समय मुलुकमा सञ्चालनमा रहेको ५४ वटा बैंक तथा वित्तीय संस्थाको कर्मचारी तलबभत्ता तथा कार्यालय व्यवस्थापन खर्च १४.३८ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मुलुकमा सञ्चालनमा रहेको २० वटा वाणिज्य बंक, १७ वटा विकास बैंक र १७ वटा वित्त कम्पनीहरुको कर्मचारी तलबभत्ता र कार्यालय व्यवस्थापन खर्च १ खर्ब ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १४.३८ प्रतिशत अर्थात् १३ अर्ब ४१ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाको कर्मचारी तलबभत्ता र कार्यालय व्यवस्थापन खर्च ९३ अर्ब २५ करोड रुपैयाँ रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा बैंकहरूले तलबभत्तामा ६३ अर्ब ६६ करोड १० लाख रूपैयाँ र कार्यालय सञ्चालनतर्फ ४३ अर्ब १ करोड रूपैयाँ खर्च गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा बैंकहरूले तलबभत्तामा ५५ अर्ब १२ करोड रूपैयाँ र कार्यालय व्यवस्थापनमा ३४ अर्ब ८७ करोड रूपैयाँ खर्च गरेका थिए ।

आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरुले कर्मचारीको तलबभत्तामा ५५ अर्ब ८९ करोड रूपैयाँ र कार्यालय व्यवस्थापनमा ३७ अर्ब ६ करोड रूपैयाँ गरी कुल ९२ अर्ब ९६ करोड रूपैयाँ खर्च गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२ अर्ब ८८ करोड रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा तलबभत्तामा ४७ अर्ब ८१ करोड रूपैयाँ र कार्यालय व्यवस्थापनमा ३२ अर्ब २६ करोड रूपैयाँ गरी कुल ८० अर्ब ७ करोड रूपैयाँ खर्च गरेका थिए ।

आर्थिक वर्ष २०८०/८१ मा विकास बैंकहरूले तलबभत्तामा ६ अर्ब २० करोड रूपैयाँ र कार्यालय व्यवस्थापनमा ४ अर्ब ७० करोड रूपैयाँ गरी कुल १० अर्ब ९० करोड रूपैयाँ खर्च गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४५ करोड रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा विकास बैंकहरूले तलबभत्तामा ५ अर्ब ८३ करोड रूपैयाँ र कार्यालय व्यवस्थापनमा ४ अर्ब ६१ करोड रूपैयाँ गरी कुल १० अर्ब ४४ करोड रूपैयाँ खर्च गरेका थिए ।

आर्थिक वर्ष २०८०/८१ मा फाइनान्स कम्पनीहरूले तलबभत्तामा १ अर्ब ५६ करोड रूपैयाँ र कार्यालय व्यवस्थापनमा १ अर्ब २४ करोड रूपैयाँ गरी कुल २ अर्ब ८० करोड रूपैयाँ खर्च गरेका छन् । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १ अर्ब ३८ करोड रूपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा फाइनान्स कम्पनीहरूले तलबभत्तामा १ अर्ब ४७ करोड रूपैयाँ र कार्यालय व्यवस्थापनमा १ अर्ब २४ करोड रूपैयाँ गरी कुल २ अर्ब ७१ करोड रूपैयाँ खर्च गरेका थिए । बैंक तथा वित्तीय संस्थामा प्रविधिजन्य सुरक्षाका साथै दक्ष जनशक्ति पर्याप्त मात्रमा कार्यरत हुदाँ यसको खर्च वर्षिने बढ्दै गएको छ । अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाले आफनो शाखा सञ्चालनको होडबाजी गर्दा पनि कुल सञ्चालन खर्च बढेको देखिन्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार