SKIP THIS

NCELL

 मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

काठमाडौं । हिजो बसेको मन्त्री परिषद् वैठकले  मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । अर्याल नेपाल सरकारको सचिवको बरियतामा चौथो नम्बरमा रहेका थिए। उनी गृह मन्त्रालयको सचिवमा कार्यरत थिए ।

मुख्य सचिव लीलादेवी गडतौला आजबाट  उमेरका कारण अनिवार्य अवकाशमा जाने भएपछि मुख्यसचिवमा अर्याल नियुक्त भएका हुन् ।

नेपाल सरकारको ७० जना बिशिष्ट श्रेणीको सचिवमा सबैभन्दा वरिष्ठ सचिव योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, दोस्रो नम्बरमा खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी र तेस्रो नम्बरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई थिए ।

एकनारायण अर्याललाई मुख्सचिव बनाएपछि  तोयनारायण ज्ञवालीले राजीनामा गरेका  छन्।  उनी  भदौ २२ गते अनिवार्य अवकाशमा घर जादै थिए ।

मुख्य सचिव अर्यालपनि उमेदहदका कारण २०८२ मंसिर २४ गतेसम्म मुख्यसचिवमा कायम रहनेछन्।

हाल मुख्यसचिव बनेका अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधान एवम् गृहमन्त्री बनेपछि गूह सचिवको भुमिकामा आएका थिए । यस अघि उनी डिपि अर्याल पहिलो पटक कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्री हुँदा कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव बनेका थिए ।

अर्याल मुख्यसचिव नियुक्त नभएको भए ५ वर्षे कार्यकाल पुरा गरी आगामी फागुन १८ गते अनिवार्य अवकाशमा जाने थिए ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार