SKIP THIS

NCELL

टि २० विश्वकप खेल्ने खेलाडीले प्रोत्साहन भत्ता पाउने

काठमाडौं । टि २० विश्वकप खेल्ने खेलाडीले प्रोत्साहन भत्ता पाउने  भएका छन्  । नेपाल क्रिकेट संघले हालै वेष्ट इण्डिज र अमेरिकामा सम्पन्न ICC Men’s T20 Cricket World Cup खेल्ने खेलाडीलाई पुरस्कार दिनेभएको छ । संघको केन्द्रीय कार्यसमितीको बैठकले खेलाडीलाई पुरस्कार स्वरुप नगद दिने निर्णय गरेको हो  ।

संघले राष्ट्रिय क्रिकेट टोलीमा समावेश खेलाडीहरु र मुख्य प्रशिक्षकलाई जनही रु. ३ लाखका दरले तथा अन्य सपोर्ट स्टाफहरुलाई जनही रु. १ लाख ५० हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै संघले आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१, २०२४ सम्म काठमाण्डौमा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग (NPL) मा ८ फ्रेन्चाईज टीमहरुको सहभागिता रहने निर्णय गरेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार