CLI

हार्दिक आईभिएफ सेन्टर विशेष छुट सहित तिज अफर

काठमाडौं । काठमाडौको सिनामंगलको क्रष्टिल कम्लेक्समा उच्चस्तिरिय सुबिधा सहितको, अन्तर्राष्ट्रिय स्तरको हार्दिक आई.भि.एफ एण्ड फर्टिलिटि सेन्टरले नेपाली हिन्दु महिलाहरुको महान चाड तीजको अवसर पारेर यही भाद्र महिना भरीलाई यस सेन्टरमा उपलब्ध सेवाहरुमा विशेष छुटको व्यबस्था गरेको छ। कम्पनीले विज्ञप्ती जारी गर्दै अफरको बारेमा जानकारी दिएको हो ।

यस हार्दिक आई.भि.एफ सेन्टर द्धारा डाक्टर कन्सल्टेसन तथा टि.भि.एस (भिडियो एक्सरे) सेवा निशुल्क, आई. यु.आई सेवामा ५० प्रतिशत छुट, आई.भि.एफ सेवामा १० प्रतिशत छुट, औषधी तथा ल्याब टेस्ट सेवामा १० प्रतिशत छुट दिने जानकारी गराएको छ ।

सेन्टरमा सुलभदरमा अन्तर्राष्ट्रियस्तरको उपचार सुबिधा उपलब्ध रहेको तथा नि:सन्तान वा प्रजनन समस्या भएका दम्पत्तीहरुलाई परामर्श सेवा सहित नि:सन्तान हुनुको सहि कारण पत्तालगाई आई यु आई, आई भि एफ लगायतका अन्य उपचार सेवा सुपथ मूल्यमा उपलब्ध गराईरहेको छ ।

अन्तर्राष्ट्रिय स्तरको भ्रुण बनाउने ल्याब तथा मशिन रहेको यस केन्द्रले पुरुषको विर्य जाँच देखि लिएर, भविष्यका लागी भ्रुण सुरक्षित राख्ने, बिर्य फ्रिजि¨ गरि सुरक्षित राख्ने, बिवाहित वा अबिवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र विर्य भण्डारण केन्द समेत स्थापना गरेको छ ।

यस हार्दिक आई.भि.एफ सेन्टरमा डाक्टर अर्चना शाक्य आबद्ध छिन्। उनी विगत १३ बर्षदेखी प्रसुती, स्त्री तथा नि:सन्तान रोग सम्बन्धि उपचारमा संलग्न हुनुहुन्छ, बिगत झण्डै एक वर्षदेखि सेवा दिदै आईरहेको यस केन्द्रले हाल सम्म दर्जनौ दम्पत्तीलाई नि:सन्तान सम्बन्धि सफल उपचार एवं परामर्श सेवा उपलब्ध गराएको प्रेस बिज्ञप्ती मार्फतमा उल्लेख गरेको छ ।

 

Leave Your Comment

Related News