इष्टर्न साहाराले आईपीओ निष्कासन गर्ने, केयर रेटिङ्गसँग सम्झौता

काठमाडौं । इष्टर्न साहारा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता शेयरमूल्य १०० रुपैयाँका दरले ३० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।

सर्वसाधारणमा निष्कासन गरिने साधारण शेयरका लागि क्रेडिट रेटिङ्ग गर्न केयर रेटिङ्ग नेपालसँग सम्झौता भएको कम्पनीले जनाएको छ ।

कम्पनीको रजिष्टर्ड कार्यालय झापाको बिर्तामोड नगरपालिकास्थित चारपानेमा छ । कम्पनीले जलविद्युत्, कृषि, पर्यटन, अटोमोबाइल्स, सौर्य ऊर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार