सरकारले पीडितको रकम फिर्ताको प्रत्याभुति तत्काल दिनुपर्छः सहकारी पीडित महासंघ

काठमाडौं । सहकारी पीडित वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तत्काल पीडितको रकम फिर्ता दिने प्रत्याभुति दिलाउन सरकारसँग माग गरेको छ ।

शनिवार सिंहदरबारमा  सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले बोलाएको छलफलमा महासंघका पदाधिकारीहरुले सरकारसँग यस्ति माग गरेक हुन् । उनीहरुले सहकारी पीडितहरुको मागलाई सहज ढंगले बुझिदिन पनि आफूहरुलाई आग्रह गरेको समितिका सभापति सूर्यबहादुर क्षेत्री थापाले जानकारीदिए । छलफलमा कान्तिपुर, गौतमश्री, लालीगुराँस, देउराली, गुडवील जस्ता सहकारीका वचतकर्ताहरु पनि उपस्थित भएको र उनीहरुबाट पीडितको माग सम्बोधन गर्नका लागि आफूहरुलाई सहज भएको अनुभुति भएको पनि विशेष समितिले जनाएको छ ।
सभापति थापाले भने,‘समस्या समाधानको उपाय वचतकर्ताको वचत रकम फिर्ता प्रत्याभुति हो भन्ने कुरामा उहाँहरुले जोड दिनुभएको छ । कयौं नक्कली ऋणी, नक्कली अरु कारोबार सहकारीको समस्या हो । नक्कलीदावीहरु पनि प्रश्तुत भएको जस्ता कुराहरु पनि राख्नुभएको छ । कान्तिपुर, गौतम श्री, लालीगुराँस, देउराली, गुडवील जस्ता सहकारीमा वचत गरेकाहरु रहेका छन ।  यो छलफलले हामीलाई पीडितको माग सहज ढंगले बुझन सजिलो भएको छ । हामीले उहाँहरुलाई भनेका छौ ऋणी र वचतकर्ता फरक हो ।’

महासंघमा आवद्ध सहकारी पीडितहरुले आफूलाई ठगी गरेको सहकारीमा धर्ना, अनसनलगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार