नाडा अटो सो २०२४ आज सकिँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भदौ ११ गतेदेखि जारी नाडा अटो सो २०२४ आज भदौ १६ गते सकिँदै छ।

जारी अटो शोमा पेट्रोल गाडीको तुलनामा विद्युतीय गाडीमा ग्राहकको आकर्षण बढेको देखिएको थियो । विद्युतीय गाडीमा पनि इन्ट्री लेभलका गाडी र मिड रेन्जका गाडीमा ग्राहकको रोजाइएमा परेका छन् । यो पटकको नाडा अटो सो बाट १० नयाँ ब्राण्ड नेपाली बजारमा प्रबेश गरेका छन् । उनिहरुले अटो शो बाट नै ब्यापार सुरु गरेका हुन् ।

सोमा चारपांग्रेबाहेक १९ ब्रान्डका दुई पांग्रे सवारीसाधन पनि प्रदर्शनीमा रहेका छन् । दुईपांग्रे ब्रान्डहरु सुजुकी, हिरो, बजाज, यामाहा, टीभीएस, रोयल इन्फिल्ड, अप्रिलिया, भेष्पा, बेनेली, सीएफमोटो, एनआईयूलगायतको उपस्थिति छ। दुईपाङ्ग्रे सवारी र चारपाङ्ग्रे सवारी साधन राखिएको स्टल फरक फरक ठाउँमा छन् । यसपालीको अटो सो मा शनिबारसम्म ७१ हजार बढीले अवलोकन गरिसकेका छन् ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार