रिलायवल नेपाल लाइफ इन्स्योरेन्स ८औं बर्षमा प्रवेश

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि. ७ वर्ष पुरा गरी आठौं वर्षमा गरेको छ । कम्पनीले ८औं प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पुययाउन अहं भूमिका खेल्ने रिलायबल एडभाइजर, नियामक  निकाय, लगानिकर्ता, काम प्रति समर्पित कर्मचारी , पत्रकार, लगायत समस्त सरोकारबालाहरुलाई हार्दिक आभार व्यक्त गरेको छ ।

कम्पनीले हाल सम्मको उपलब्धीले कम्पनीलाई  थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको र भविष्यमा अझ ठुलो जिम्मेबारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त भएको जनाएको छ  ।

बार्षिक उत्सवको अबसरमा  कम्पनीका कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितमा केन्द्रीय कार्यालयमा बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा  विभिन्न कार्यक्रमहरु गरी सातौं वार्षिक उत्सव भव्यताका मनाएको छ  ।

बार्षिकउत्सव कार्यक्रममा कम्पनीले दमक, नारायणगढ, लेखनाथ, वुटवल, नेपालगंज शाखाहरुमा रक्तदान, दमौलि शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य सिविर, धनकुटामा स्थास्थ्य सिविर, राजविराज शाखामा वृक्षारोपण विभिन्न शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाध्य सामाग्रीहरु वितरण तथा सरसफाई गरेर मनाएको छ

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार