सिद्धार्थ बैंकद्धारा ८१ हजार ५७० कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ८१ हजार ५७० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

शेयर खरीद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले राजेश्वर श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता र पान बहादुर गुरुङको नाममा रहेको ४१ हजार ५७० कित्ता शेयर विक्री गर्न लागेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार