SKIP THIS

NCELL

पौन २ अर्बले घटेको शेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.९१ अंकले घटेर ४८०.८८ विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार ३३७ वटा कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँ रहन पुग्यो । जुन बिहीबारको तुलनामा कारोबार रकम १ अर्ब ७२ करोड ५९ लाख १९ हजार रुपैयाँले कमी हो । बिहीबार ३२२ वटा कम्पनीको कारोबार रकम १२ अर्ब २४ करोड ३६ लाख १ हजार रुपैयाँ रहेको थियो ।

आइतबार ३१ वटा कम्पनीको शेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको शेयर मूल्य घटेको थियो भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

१३ वटा समूह सूचक मध्ये म्युअुचल फण्ड बाहेक सम्पूर्ण समूहको सेयर मूल्य घटेको छ । म्युअुचल फण्ड ०.१७ अंकले बढ्दा बैकिङ ३६.५१, विकास बैंक १००.९८, वित्त १२२.६७, होटल र पर्यटन २१३.३४, जलविद्युत ८२.३२, लगानी १.४८ , जीवन बीमा १९४.६८, उत्पादन र प्रशोधन १३१.३९, लघुवित्त ९६.०८ , निर्जीवन बीमा १६२.५१, व्यापार ७.२२ र अन्य २२.०५ अंकले घटेको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा गुडविल फाइनान्स, हिमालयन रिइन्स्योरेनस, नेपाल फाइनान्स लिमिटेड, अपि पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनी रह्यो । गुडविल फाइनान्सको ५२ करोड ३१ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेनसको ३३ करोड ४३ लाख रुपैयाँ, नेपाल फाइनान्स लिमिटेडको ३३ करोड ३४ लाख रुपैयाँ, अपि पावर कम्पनीको २६ करोड ७३ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीको २१ करोड ९० लाख रुपैयाँ बराबर करोबार भएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार