किन भेटे भारतीय गाडी उत्पादकले तीन मन्त्रीलाई ?

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) का अधिकारीहरुले छुट्टाछुट्टै भेट गरेको छन्।

नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले तीनैजना मन्त्रीहरुसँग भेट गरी नेपाल र भारतबीच नेपालमा उद्योग तथा व्यवसायको सन्दर्भमा संयुक्त लगानी गर्नेलगायतका विषयमा छलफल गरेको हो।
सियामका सहसभापति यसपाल साँच्चरको नेतृत्वमा सियामका २५ सदस्यीय प्रतिनिधिमण्डल नेपालमा छ। सो प्रतिनिधि मण्डलमा धेरैजसो ठूला ठूला अरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर्स (ओईएमएस) का सदस्यहरुको सहभागीता रहेको छ।

उनीहरुसहित अटो उद्योगका सबै खण्डहरू (जस्तै यात्रुवाहक सवारी, व्यावसायिक सवारी र दुईपाङ्ग्रे सवारी साधन) को सहभागिता रहेको नाडाले जनाएको छ। भ्रमणका क्रममा प्रतिनिधि मण्डलले भेटमा भारत र नेपालको अटो उद्योगमा भइरहेको विकासक्रम र दुई देशबीचको निरन्तर सहयोगको महत्वका बारेमा छलफल भएको थियो। सियाम र नाडाले अटो उद्योगका लागि भविष्यको पहल, प्रविधि श्रृङ्खला र तालिमका लागि संयुक्त रूपमा सहकार्य गर्न सहमती पनि गरेको थियो।
उक्त छलफलम सियामले नाडासँग मिलेर नेपाल सरकारलाई अटो क्षेत्रका लागि भिजन योजना विकास गर्न अनुरोध गरेको थियो।

नाडा अटो सोमा चिनियाँ उत्पादकहरुको विद्युतीय सवारी साधनको वर्चस्व रहे सँगै भारतीय विद्युतीय सवारीसाधन उत्पादकहरु बजारको पहलको लागि आएको बताइएको छ । भारतीयहरु आफना उत्पादनको बजार खोज्दै हाल नेपालमा विभिन्न पदाधिकारीसँग छलफलमा लागेको बताइएको छ । नाडामा अधिकांश जस्तो सवारी साधनहरु चिनियाँ रहेको छ । नाडा र सियाम दुवैले बंगलादेश र श्रीलंकासँगै सन् २०२४ मा गठन भएको दक्षिण एसियाली अटोमोटिभ फोरुम (साफ) लाई सुदृढ गर्दै भारत र नेपालको अटो क्षेत्रबीचको सम्बन्ध निर्माणमा नजिकबाट काम गर्न सहमत भएका छन् । नाडाले यस्तो भेटघाटबाट नेपाल भारतबीचको जनस्तरको सम्बन्ध समेत थप सुदृढ हुने र निकट भविष्यमै केही परिणाम समेत आउने अपेक्षा राखेको छ।

उक्त प्रनिधिमण्डलमा नाडाकोतर्फबाट उपाध्यक्षद्धय राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ, नाडाका सचिव विक्रम सिंहानिया, नाडाका केन्द्रीय कार्यसमिति सदस्य निशान ढकाल, नाडाका एसोसिएसन सचिव सुरेन्द्र प्रधान र तालिम कोओर्डिनेटर आरजु श्रेष्ठ समेतको उपस्थिति थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार