चलखेलका लागि कि कार्यान्वयनका लागि फेरि उठाइयो ग्यास सिलिण्डरमा रङ्गको मापदण्ड

काठमाडौं । सरकारले विभिन्न ग्यासको सिलिण्डरमा लगाउने रङ्गको मापदण्ड तयार गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अक्सिजन, हाइड्रोजन, नाइट्रोजन र ग्यासको सिलिण्डरमा लगाउने रङ्ग सम्बन्धी मापदण्ड तयार गर्ने बताएको छ । आयात प्रतिस्थापन एवम् निर्यात प्रवद्र्धनका लागि थप औद्योगिक वस्तुहरुको गुणस्तर निर्धारण योजना अन्तर्गत मन्त्रालयले उक्त काम गरिने बताएको हो । यसको लागि गुणस्तर तथा नापतौल विभागलाई जिम्मेवारी दिने बताइएको छ । साथै मन्त्रालयले आवश्यक सहयोग र समन्वय गर्ने बताइएको छ ।

त्यस्तै अबको १ वर्षको समयमा अक्सिजन, हाइड्रोजन, नाइट्रोजन र ग्यासको सिलिण्डरमा लगाउने रङ्ग मापदण्ड तयार गरी अघि बढ्ने बताइएको छ । सरकारले यसअघि भने खाना पकाउने ग्यासमा दुई प्रकारको रङ्ग लगाउने भनेको थियो , जुन कार्यान्वयन हुन सकेन ।

तत्कालीन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले २०७० सालमा सर्वसाधरण जनता र व्यवसायीलाई फरक–फरक मूल्यमा ग्यास बिक्री गर्ने भन्दै रातो र निलो रङ्गको सिलिण्डर ल्याउने निर्णय गरेको थियो । सोहि अनुरुप नेपाल आयल निगमले घरायसी प्रयोजनका रातो र व्यवासायिक प्रयोजनका लागि निलो सिलिन्डर प्रयोग गर्ने निर्णय अघि बढायो । रङ्ग अनुसार प्रायोजन र मूल्य समेत फरक हुने बताइएको थियो । सुरुमा ग्यास उद्योगहरुलाई कुल सिलिण्डरको करिब १० प्रतिशत (१० लाख) सिलिन्डरमा निलो रङ्ग पोत्न लगाइएको थियो । त्यतिबेला निलो रङ्ग लगाइएका सिलिन्डर बजारमा अहिले पनि भेटिन्छन् । तर, व्यवसायीहरुले रातारात चलखेल गरेर उक्त निर्णय कार्यान्वयन हुन दिएनन् । मन्त्रालय र निगमको तत्कालीन नेतृत्व पनि निर्णय कार्यान्वयनमा अडिग हुन सकेनन्, जसको मार व्यवसायीले भोगे । हाल आएर सोहि योजना सरकारले अघि बढाएको छ ।

रङ्गको विषयमा भने मौन रहेको अक्सिजन सिलिण्डरको हकमा भने पर्वतारोहणका क्रममा प्रयोग गरिने सिलिण्डर युरोपेली र अमेरिकी मापदण्ड बमोजिम हुनुपर्ने, १० वर्षभन्दा बढी पुरानो हुन नहुने, प्रयोग गरिएका प्रत्येक सिलिण्डर हरेक दुई वर्षमा मर्मत गरिएको हुनुपर्ने लगायतका मापदण्ड निर्माण गरिएको छ । त्यसैगरी, प्रयोगका लागि तयार अक्सिजन सिलिण्डर कम्तिमा ८–९ घण्टा पुग्ने हुनुपर्ने, सिलिण्डरमा भरिने वा भरिएको अक्सिजन ड्राइ हुनुपर्ने, मिति नाघिसकेको अक्सिजन प्रयोग गरेको पाइएमा कारवाही हुने हुँदा नयाँ सिलिण्डरले पुराना तथा म्याद गुज्रेका सिलिण्डर प्रतिस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार