SKIP THIS

NCELL

नाडा अटो शो २०२४ सम्पन्न,अर्थतन्त्र चयमान बनाउन सहायकसिद्ध हुने नाडाको दाबी

काठमाडौं । टाटा डटइभिद्धारा प्रायोजित नाडा अटो शो २०२४ सम्पन्न भएको छ । अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलले  उद्घाटन गरेको १६ संस्करणको नाडा अटो शो २०२४ मा ८२ हजार ४७०     दर्शकहरुले अबलोकन गरेको आयोजकले बताएको छ ।

आयोजकले बर्षहरुमा भन्दा निकै भब्य रुपमा सम्पन्न भएको दाबी गरेको छ । नाडा अटो सो मा नयाँ ब्रान्डका विद्युतिय सवारी साधनले आकर्षण पैदा गरेको थियो । अटो शो बिगतमा भन्दा भब्य र बृहत भएको अबलोकनकर्ताहरुले टिप्पणी गरेका छन् । सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शो ले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध हुने दाबी आयोजकले गरेको छ  ।

यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल सि.जि मोटर्स प्रालि रीडराले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल ब्रै इनर्जि प्रा.लि अथेरले जितेको छ । त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड एम.ए.डब्लु प्रा लि ले सोकोनले जितेको छ । यसैगरी वेष्ट कम्पोनेण्टको पुरस्कार सत्यदिप इण्टरनेशनल प्रा.लि भिडोलले जितेको छ ।

नाडा अटो शो २०२४ का सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ्क पार्टनरमा खल्ती, अफिसियल इण्टरनेट पार्टनरमा वल्डलिङ्कले गरेको थियो । यस वर्षको थप आकर्षणमा हिरो जुम स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्था समेत गरेको थियो । विजेताले आफनो टिकट सहित नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न अनुरोघ गरेको छ  ।

समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी, निबर्तमान अध्यक्ष डा.धु्रव थापा, पूर्व अध्यक्ष— , बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा प्रदेश निराकार श्रेष्ठ लगायतका पदाधिकारीले १३५ कम्पनीहरुलाई क्रमशः मोमेण्टो समेत वितरण गरेका थिए  । प्रदर्शनीको ट्राफिक व्यवस्थापनको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी महाशाखाले गरेको थियो । त्यसैगरी सो प्रदर्शनीको फायर सेफ्टीको सम्पूर्ण कार्य नाडा कै सदस्य कम्पनी हिटको प्रा.लिले गरेको थियो र

सो समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२४ लाई सफल बनाउन सहयोग पुर्याउने सवै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद ज्ञापन गरेका छन् । नाडा अटो शो २०२४ सम्पन्न गर्न अध्यक्ष चौधरी कै अध्यक्षतामा ५ सदस्यीय नाडा अटो शो २०२४ व्यवस्थापन समिति गठन गरिएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार