एनसेलको लाइसेन्स नवीकरण, ब्याज सहित प्रत्येक वर्ष ५ अर्ब किस्ता बुझाउनु पर्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल अपरेटर एनसेलको लाइसेन्स नवीकरण गरेको छ । प्राधिकरणले ५ वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरेको हो। लाइसेन्स नवीकरणको पत्र भदौ १६ गते एनसेललाई दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।

नवीकरण दस्तुर चार किस्तामा तिर्ने सर्तमा लाइसेन्स नवीकरण गरिएको छ। पहिलो किस्ता बापत ५ अर्ब रुपैयाँ बुझाइसकेको छ। बाँकी दस्तुर ३ किस्तामा तिर्नु पर्नेछ,’ पौडेलले भने, ‘प्रत्येक किस्तामा १० प्रतिशत ब्याजसहित ५ अर्ब रुपैयाँ बुझाउनु पर्नेछ।’

एनसेलले चाहेको खण्डमा बाँकी किस्ता रकम समय अघि नै बुझाउन सक्ने पौडेलले बताए।

योसँगै एनसेलको लाइसेन्स २०८६ भदौ १६ गतेसम्म नवीकरण भएको छ।

गत भदौ १३ गतेको मन्त्रिपरिषद्ले नवीकरण दस्तुर चार किस्तामा तिरेर लाइसेन्स नवीकरण गर्न सक्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सोही निर्णय अनुरुप आइतबार बसेको प्राधिकरणको बोर्डले किस्तामा नवीकरण दस्तुर लिएर एनसेलको लाइसेन्स नवीकरण गरेको हो।

किस्तामा नवीकरणको सुविधा उपलब्ध गराइए पनि यसलाई एनसेलले विवेधकारी नीति बताएको छ।

‘यो त सरासर अन्याय भयो । सरकारले एनसेललाई कहिले समान व्यवहार गरेको थिएन र यो पाली पनि नगरेका स्पष्ट देखियो । नेपाल टलिकमलाई यस्तै तेस्रो पटकको अनुमतिपत्र नविकरण गर्दा ५ वर्ष पश्चात २० अर्ब लिइएको थियो र कुनै जरिमाना, ब्याज लगाइएको थिएन । फेरी पहिलो र दोस्रो नविकरणको किस्ता सुविधाको बेलामा पनि कुनै ब्याज र जरिमाना लगाईएको थिएन,’ एनसेलका अधिकारीले भने।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार