साढे २ अर्बले बढेको शेयर बजारमा यी हुन् २० उच्च कारोबार गर्ने कम्पनी

काठमाडौं । लामो समय पश्चयात शेयर बजारमा सुधार देखिएको छ । गत साता र आइतबार घटे्को शेयर बजार ‘करेक्सन’ सँगै नेप्से र कारोबार रकम समेत बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेकस २२.९४ अंकले बढेर ५०३.८३ विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबारको तुलनामा सोमबार कारोबार रकममा २ अर्ब ५८ करोड ६९ लाख ४९ हजार रुपैयाँले कमी आएको छ । सोमबार ३३५ वटा कम्पनीको शेयर ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम भने १३ अर्ब १० करोड ४६ लाख ३१ हजार रह्यो । आइतबार ३३७ वटा कम्पनीको कारोबार रकम १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँ रहेको थियो । सोमबार २३९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ५ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ ।

 

त्यस्तै सोमबार १३ वटा समूह सूचकको सेयर मूल्य बढेको छ । बैकिङ ७२.१९, विकास बैंक २६६.५८, वित्त २७३.११ , होटल र पर्यटन ३४२.१२, जलविद्युत १७८.८९, लगानी ५.९९ , जीवन बीमा ६२४.२६, उत्पादन र प्रशोधन २३९.१५, लघुवित्त १६७.२१ , म्युअुचल फण्ड ०.१८, निर्जीवन बीमा ६२३.२७, व्यापार १०७.५९ र अन्य ८६.२६ अंकले बढेको छ ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा गुडविल फायनान्स लिमिटेड, अपि पावर कम्पनी ,हिमालयन रिइन्स्योरेनस, अरुण भ्याली हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनी र नेपाल फाइनान्स लिमिटेड रह्यो । गुडविल फायनान्स लिमिटेडको ४६ करोड ५२ लाख , अपि पावर कम्पनीको ४१ करोड ८८ लाख ,हिमालयन रिइन्स्योरेनसको ३३ करोड १३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीको २४ करोड ३२ लाख र नेपाल फाइनान्स लिमिटेडको २३ करोड ८८ लाख रुपैयाँ बराबर करोबार रह्यो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार