इजरायलका लागि प्रस्तावित राजदूत पाण्डेले पेश गरेका कार्ययोजनामा प्रयास गर्ने बुँदाका चाङ

काठमाडौं । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले संसदीय सुुनुवाइ समितिबाट आफू अनुमोदित भएमा इजरायल नेपालको विकास र समृद्धिका लागि विभिन्न प्रयास गर्ने बताएका छन् । उनले संसदीय सुुनुवाइ समितिबाट आफू अनुमोदित भएमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुने गरी नेपाल र इजरायलबिचको द्विपक्षीय सम्बन्धलाई सुदृढ एवं मजबुत बनाउन प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समितिको सोमबार बसेको बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै उनले इजरायल र नेपालबीच सीधा हवाई सेवा सञचालनका लािग क्रियाशील रहने, इजरायली पर्यटकको लागि कृषि पर्यटनको गन्तव्य नेपाललाई बनाउने , नेपालीहरुलाई इजरायलको कृषि क्षेत्रको भ्रमणका लागि असवरहरुको विकास गर्ने लगायतका कार्ययोजना प्रस्तुत गरेका छन् । उनको कार्ययोजनामा ठोस नीति निर्माण, निर्णय गर्ने भन्दा पनि बढी प्रयास गरिने उल्लेख गरेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार