नबिल बैंकको विशेष साधारणसभा सम्पन्न,“नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभाले रु ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो ।
बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजी (Additional Tier 1 Capital) को माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्वीकृति पश्चात् जारी हुने गरी रु ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” जारी गर्ने प्रस्ताव साधारणसभाले सर्वसम्मत रूपमा सम्पूर्ण प्रस्तावहरू पारित गरेको छ ।
सभाले पारित गरेको नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ । साथै यो नेपाली पूँजी बजारका लागि नविनतम् पूञजी उपकरण भएकाले नेपाल राष्ट्र बैंकले यस सम्बन्धी व्यवस्था गरे पश्चात् नबिल बैंकले नै पहिलो पटक विशेष साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो । सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्विकृति पश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेत गरी “अग्राधिकार सेयर” जारी हुनेछ ।
दीगो बैंकिङ्गलाई जोड दिँदै आएको नबिल बैंकले देशको अर्थतन्त्रको पछिल्ला परिदृश्यहरूलाई मध्यनजर गर्दै नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न तथा सरकारी कोषमा सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंकका रूपमा बारम्बार सम्मानित भएर योगदान पु¥याउन सफल भएको सभाध्यक्ष पौडेलले जानकारी दिए । त्यसैगरी समाजिक उत्तरदायित्वमा समेत नबिल बैंक अघि रहेको तथा बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको समेत बताए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार