पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ४ अर्ब २६ करोड

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा ४ अर्ब भन्दा बढी बीमा शुल्क संकलन गरेको छ। साउनमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब २६ करोड ६२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

निर्जीवन बीमा कम्पनीहरुले २ लाख २१ हजार ७१ बीमालेख जारी गरेर उक्त रकम संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ।

साउनमा बीमा शुल्क आर्जन गर्ने आधारमा सगरमाथ लूम्बिनी इन्स्यारेन्स शीर्ष स्थानमा रहेको छ। सगरमाथ लूम्बिनी इन्स्यारेन्सले पहिलो महिनामा २४ हजार २३ बीमा लेख जारी गरेर ६३ करोड १५ लाख ९० हजार रुपैयाँ संकलन गरेको छ।

साउनमा सबैभन्दा कम बीमा शुल्क प्रभु इन्स्यारेन्सले आर्जन गरेको छ। प्रभु इन्स्यारेन्सले १० हजार ५४८ बीमा लेख जारी गरेर १० करोड ५४ लाख १६ हजार रुपैयाँ संकलन गरेको छ।

सिद्धार्थ प्रिमियम इन्स्यारेन्सले २५ हजार ११ बीमा लेख जारी गरेर ४५ करोड ३२ लाख ८८ हजार रुपैयाँ संकलन गरेर दोस्रो स्थानमा छ।

बीमा शुल्क आर्जन गर्ने आधारमा शिखर इन्स्योरेन्स तेस्रो स्थानमा छ। शिखर इन्स्योरेन्सले २६ हजार १०९ बीमा लेख जारी गर्दै ३६ करोड ८८ लाख २ हजार रुपैयाँ संकलन गरेको छ।

नेपाल इन्स्योरेन्सले २८ करोड ८६ लाख १५ हजार रुपैयाँ, दि. ओरिएन्टल इन्स्योरेन्सले २९ करोड १० लाख ४४ हजार रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले २५ लाख ४६ लाख ७ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

नेशनल इन्स्योरेन्सले २२ करोड ७६ लाख ५८ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले ३१ करोड ८८ लाख ४३ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २४ करोड ९८ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३२ करोड ६० लाख ७६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

यस्तै सानिमा जिआईसी इन्स्योरेन्सले १८ करोड ३९ लाख २२ हजार रुपैयाँ, आईजिआई प्रूडेन्सियल इन्स्योरेन्सले ३० करोड ६२ लाख २५ हजार रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले २५ करोड ४१ लाख ७४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार