SKIP THIS

NCELL

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ संभावित कार्यसुची

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसुची रहेको छ ।

शहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसुची रहेको छ ।

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्याअवधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ र सार्वजनिक सेवा प्रशारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव प्रश्तुत गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको स.सद सचिवालयले जनाएको छ ।

त्यस्तै दिउँसो१ .१५ मा बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने, प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाति आयोगको आ.व. २०७९-८० को चौथो वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूचि रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार