सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो : सूर्य थापा

काठमाडौं । प्रतिनिधि सभा संघिय संसद वाट गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन बिशेष समितिका सभापति सूर्य थापाले साना किसान कृषि सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुसंग छलफल गरेका छन्।

साना किसानको तर्फबाट प्रस्तुती सुनिसकेपछि प्रतिक्रिया दिदै थापाले आफुले अहिलेसम्म सहकारीका समस्या मात्र सुनेको स्मरण गर्दै साना किसानहरुले गरेको योगदान र हासिल गरेको सफलताले आफुलाई उत्साहित बनाएको बताए । उनले सहकारीले उदाहरणीय कार्य गर्न सक्छन् भन्ने प्रमाण साना किसानले प्रस्तुत गरेको जानकारी पाउँदा खुसी लागेको बताए ।

छानबीन समितिमा बसेर सहकारी क्षेत्रका विभिन्न कुराहरुलाई हेर्नेक्रममा साना किसान कृषि सहकारीहरुले समाजिक, आर्थिक र चेतनास्तर विकासमा गरेको योगदान प्रशंसनिय रहेको बताए।

यसैगरी उनले अहिले सहकारीमा देखिएको समस्याका विभिन्न कारणहरुमध्ये राष्ट्रबैँकले अनुगमन गरेर दिएको प्रतिवेदन कार्यन्वयन नहुनु एक रहेको औँल्याए ।

सभापति थापाले देश भरको सहकारी दर्ता सुचना र सञ्चालनको विवरण दिने ठाउँ तत्काल आवश्यक रहेको समेत बताए। सहकारीको सिद्धान्त, नीति, विधि, पद्धती र प्रक्रियामा सञ्चालन भएका सहकारीमा कुनै समस्या नरहेको बताउनुहुँदै सहकारीको मर्म र भावना विपरित सञ्चालन भएका सहकारीमा समस्या देखिएको उनको बुझाई छ ।

यसैगरी कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले सहकारीले समाजिक रुपान्तरणमा उल्लेखनीय भूमिका खेलेको जानकारी गराएका छन् । उनले सबै सहकारीमा समस्या नरहेको बताउनुहुँदै राम्रा सहकारीको पहिचान गरेर राम्रालाई प्रोत्साहन गर्नुपर्ने माग गरेका छ ।

देशभरका साना किसान कृषि सहकारी संस्थाहरुमा समस्या नरहेको भन्दै अध्यक्ष पाठकले संस्थालाई नीति, विधि र पद्धतीमा सञ्चालन गर्न सके कुनैपनि संस्थामा समस्या नआउने तर्क गरेका छन् ।

अध्यक्ष पाठकले साना किसान कृषि सहकारीहरुले सञ्चालन गरेको १ खर्व १२ अर्व रुपैयाँ अहिलेपनि सुरक्षित रहेको बताए। छलफलका क्रममा अध्यक्ष पाठकले सरकारले किसानलाई प्रविधि, सिप, भण्डारण, औजार, सिँचाई, बीउ, मल आदिमा सहयोग गर्नुपर्ने माग गरे । यसैगरी उनले किसानले उत्पादन गरेको मासु, दुध तथा अन्य कृषिजन्य वस्तुको बजारिकरण गर्न सके उत्पादन केन्द्रीत काम गरिरहेका सहकारीहरुको समस्या समाधान हुने बताए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार