SKIP THIS

NCELL

स्किल सेवाले चितवनमा घर निर्माण सम्बन्धी परामर्श दिने

काठमाडौं । स्किल सेवा प्रालि  घर निर्माण सम्बन्धि एक दिवसीय निःशुल्क प्रावधिक परामर्श सेवा दिने भएको छ। भदौ २९ गते शनिबार दिउँसो ११ बजे सिरेन बुटिक होटल चितवलमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो।

घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा बिशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ । परामर्शको लागि स्किल सेवाको प्रमुख कार्यालयबाट सस्थापन समुह नै चितवनमा हुनेछन् चितवनमा बनेका  प्राय नयाँ घरहरूमा नै सिपेज,लिकेज र क्रयाक जस्ता समस्याहरू बढी देखिएकोले चितवन जिल्लामा यस कार्यक्रम अयोजना गरिएको चितवन शाखा प्रबन्धक सौगात तिवारीले बताए ।  पछिल्लो समय घर निर्माण गर्नु हाम्रो सपना, मान सम्मान, प्रतिष्ठा र सौखको बिषय बनेको कम्पनीका चितवन शाखा प्रबन्धक सौगात तिवारीले बताए। जीवन भरको मेहनतको कमाईले घर निर्माण गरिने र घर निर्माण सम्पन्न भएको ५ महिना नबित्दै घरमा सिपेज, भित्ता चर्कर्ने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेका छन। यस्ता विषयवस्तुको बारेमा विस्तृत प्राविधिक परामर्श सेवा दिनका लागि घरको डाक्टर उपनामले परिचित यस कम्पनीले परामर्श कार्यक्रम गर्न लागेको हो ।

घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरी रहेको वर्ग परामर्श सेवाबाट फाइदा लिन सक्ने छन्। घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु, घर निर्माण गर्दा हामीबाट हुने कमीकमजोरी एवम् प्रक्रियागत त्रुटिको बारेमा ध्यान नदिदा विभिन्न किसिमका जोखिमहरु आउने गरेका छन। यसको लागि घर निर्माण गर्नु पूर्व प्राविधिकको परामर्श लिनु आवश्यक पर्ने उनको भनाइ रहेको छ।

जग्गा छनौट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदि जस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान दिनु अति आवश्यक हुने गर्दछ। यदि हामीले घर निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन सकेनौ भने यसले भविष्यमा ठुलो दुर्घटना निम्त्याउने गर्दछ। प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा हामी सुरक्षित र दिगो घर निर्माण गर्न सक्छौ साथसाथै प्रक्रियागत त्रुटि रहित हुने भएकाले समस्या रहित घर निर्माण गर्न सकिन्छ। यसका अतिरिक्त प्राकृतिक विपद, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने गर्दछ । बिगत ७ बर्ष देखि घरका बिभिन्न समस्याहरूको चेकजाँच र वारेन्टी सहित समाधान दिदैँ अइरहेको यस कम्पनीले समस्यारहित घर निमार्णका लागि यस्ता निशुल्क परामर्शहरू दिने गरेके छ, कम्पनीले ४० हजार भन्दा बढी घरहरूको चेकजाँच गरिसकको समेत संस्थापक महेश तिमिल्शना बताउछन् । त्यसैले यस परामर्श कार्यक्रमबाट घर बनाउदै गर्नुभएका अथवा बनाउन लाग्नु भएका सबै घरधनीहरूले प्रत्यक्ष लाभ लिन सकिन्छ तथापी यस कार्यक्रमको लाभ भने सुरूमा बुक गर्नुहुने मात्रै २५ जनाले सहभागी हुन पाइनेछ । परामर्श निशुल्क भएकाले सहभागी हुन इच्छुकहरूलाइ यथासिघ्र सिट बुक गराउन समेत अनुरेध गरेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार