SKIP THIS

NCELL

नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा, आम लगानीकर्ताले किन्न पाउने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६५६६ कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्ने भएको छ । उक्त शेयरहरु खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोही योग्य व्यक्ति, कम्पनी, संघ संस्थाहरुले आफुले लिन चाहेको शेयर संख्या, कित्ता र मूल्य खुलाई गोप्य शिलबन्दी बोलपत्र २०८१ असोज २ गते अपरान्ह ३:०० बजेभित्र बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आबेदन दिनु पर्नेछ ।

बिक्रिमा रहेको संस्थाप शेयरको न्युनतम मूल्य प्रति शेयर रू. ३००/-तोकिएको कम्पनीले जनाएको छ शेयर खरिद गर्ने ग्राहकले  सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । एकै व्यक्ति वा कम्पनीले शेयर खरीदका लागि एउटा मात्र बोलपत्र मार्फत आवेदन दिनुपर्नेछ शेयर खरिद गर्न चाहने खरिद कर्ताले बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंबाट रु. १०० भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् आवेदकले फाराम खरीद गर्दा एनआइएमबि एस क्यापिटल लिमिटेडबाट छाप लगाएको हुनुपर्नेछ । छाप नलगाएको वा फोटोकपी गरी पेश गरिएको आवेदन फारामलाई अयोग्य ठहराई बाँडफाँडमा समावेश नगरीने कम्पनीले जनाएको छ ।

बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको शेयर संख्या तथा आफूले कबोल गरेको प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबोल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता नदिन कम्पनीले निकालेको सुचनामा उल्लेख छ  ।

बोलकबोलमा भागलिने खरिदवालले बोलपत्रमा आफ्नो नाम, ठेगाना, मोबाईल नम्बर, आफ्नो खाता रहेको बैंकको नाम र खाता नं. तथा आफ्नो हितग्राही खाता नं. (Demat Account No.) लगायत बोलपत्र आवेदन फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा अनिवार्य उल्लेख गर्नुपर्नेछ ।

संस्थापक शेयर खरीद गर्न ईच्छुक सम्पूर्ण बोलपत्रदाताले नियामक निकायबाट संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test (अनुसूची ३) को विवरण (फोटो सहित), कर्जा सूचना केन्द्र लिमिटेडबाट प्राप्त कालोसूचीमा समावेश नभएको प्रमाणित हुने कागजात (बाँडफाँड हुने मिति सम्ममा तीन महिनाको अवधी कायम रहेको), आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, न्यूनत्तम स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि आफ्नो नाममा वा आफ्नो नाममा रहेको व्यवसायको स्थायी लेखा नं. का साथै नागरिकता प्रमाणपत्रको प्रतिलिपि संलग्न हुनुपर्नेछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार