SKIP THIS

NCELL

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गतका कानुन, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति गरी दुई , राष्ट्रिय सभातर्फ विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति दुइ गरी  चार र  संसदीय सुनुवाइ बिशेष समितको वैठक वस्न लागेको हो ।

प्रतिनिधि सभातर्फका समितिको  कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे छलफल हुनेछ ।   बिहान ११ बजे  बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति वैठकमा  विद्यालय शिक्षा विधेयक,२०८० माथि संसोधनकर्तासँग छलफल गर्नेछ ।

राष्ट्रियसभा अन्तर्गतको को बैठक दिउँसो २ बजे बस्ने नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल गर्ने कार्यसूची छ। दिउँसो २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको पाँचौं वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुने कार्यसूची छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार