SKIP THIS

NCELL

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको लागि पाँच जनाको नाम सर्ट लिष्ट

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्न नेपाल सरकार समक्ष नाम सिफारिस गर्ने  २०८१ साउन २८ गते को सुचनाका आधारमा २०८१भदौ १५ गते  सूचना बमोजिम विवरण पेश गरेका उम्मेद्‍वारहरुमध्येबाट  लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको लागि पाँच जनाको नाम सर्ट लिष्ट गरेको छ ।

सिफारिस समितिको २०८१ भदौ १८ मा वसेको बैठकले  सर्ट लिष्ट सार्वजनिक गरेको छ  ।  सार्वजनिक गरिएको लिष्टमा विष्णु प्रसाद भट्टराई, भूमिकास्थान नगरपालिका वडा नं. ९, अर्घाखाँची, रघु राज काफ्ले, व्यास नगरपालिका, वडा नं. ९, तनहुँ, सुशील ज्ञवाली, ललितपुर महानगरपालिका वडा नं. २९, ललितपुर, रामदेव यादव, धनुषाधाम नगरपालिका वडा नं. २, धनुषा, भिष्म राज ढुङ्गाना, काठमाडौ महानगरपालिका वडा नं. ४, काठमाडौ रहेका छन् ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयका अनुसार  सूचीकृत उम्मेद्‍वारको रणनीति र कार्ययोजना, रणनीति छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षणको स्थान, मिति र समय पछि प्रकासित हुनेछ । सर्ट लिष्टमा परेका उमेद्वारको रणनीति र कार्ययोजना, रणनीति छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षण पश्चात सिफारिस समितिले तिन जनाको नाम सिफारिस गर्ने सिफारिसमा परेका अन्तिम ति मध्ये मन्त्रि परिषदले १ जनालाई बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नेछ ।

सि. नं. निवेदन दर्ता नं. सूचीकृत उम्मेद्‍वारहरू नाम र ठेगाना
विष्णु प्रसाद भट्टराई, भूमिकास्थान नगरपालिका वडा नं. ९, अर्घाखाँची
रघु राज काफ्ले, व्यास नगरपालिका, वडा नं. ९, तनहुँ
सुशील ज्ञवाली, ललितपुर महानगरपालिका वडा नं. २९, ललितपुर
रामदेव यादव, धनुषाधाम नगरपालिका वडा नं. २, धनुषा
भिष्म राज ढुङ्गाना, काठमाडौ महानगरपालिका वडा नं. ४, काठमाडौ

 

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार