बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै ४० अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको छ । २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो ।

तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको होे ।
राष्ट बैंकका अनुसार आज बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ । ब्याजदर भने बहुब्याजदमा बोलकबोल माध्यमबाट निर्धारण गरिने छ । निक्षेप संकलनको लागि घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकम गर्न पाउने व्यवस्था गरिएको छ।
निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर ( दशमलव पछिको हकमा अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको बोलकबोल व्याजदरमा गर्नुपर्नेछ । बहुव्याजदरमा पनि बोलबोलकबोल गर्न सकिनेछ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा‘ प्रो रेट बेसिस’ मा बाँडफाँड गरिनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार