सारफीको अध्यक्षमा महाप्रसाद अधिकारी चयन

काठमाडौं । दक्षिण एसिया क्षेत्रिय वित्तीय समावेश पहल (सारफी) को नेतृत्व राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सरफीको अध्यक्षमा चयन भएका छन् ।

२०२४ सेप्टेम्बर २ देखि जारी अमेरिकी मुलुक एल्साल्भाडोरका राजधानी सान्साल्भाडोरमा भएको वित्तीय समावेश गठबन्धन (एएफआइ) विश्वव्यापी नीति फोरमले सारफीको अध्यक्षतमा नेपाल राष्ट्र बैंकमा हस्तान्तरण गरेको हो । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भइ बैठकको अध्यक्षत ग्रहण गरेका थिए ।
बैठकले स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) लाई सारफीको उपाध्यक्ष चयन गरेको छ । यसअघि सारफीको नेतुत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गर्भनर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।
सन् २०२२ सेप्टेबरमा जोर्डनको डेड सीमा सम्पन्न ‘विश्वव्यापी नीति फोरम’ को १२ अबैं बैठकका क्रममा सारफी स्थापना भएको थियो । माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरु उक्त सञ्जालमा आवद्ध छन् । क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुत्त सिकाइ अभ्यास, प्राविधिक सहायतको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका उद्देश्यसहित सारफी स्थापना गरिएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार