उच्च अंकले घट्यो नेप्से, ६५ करोडले घट्यो कारोबार रकम

काठमाडौं । सेयर बजार बुधबारको लागि उच्च अंकले घटेको छ । साताको चौथो दिन नेप्से ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.३१ अंकले घटेर ४८८.७१ विन्दुमा पुगेर बन्द भएको हो ।

बुधबार मंगलबारको तुलनामा कारोबार रकम ६५ करोड १४ लाख १७ हजारले घटेको छ । बुधबार ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँ रह्यो ।
मंगलबार भने कारोबार रकम १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार रहेको थियो । बुधबार बजार पूँजीकरण रकम भने ४३ खर्ब ५० अर्ब ८३ करोड २८ लाख ९१ हजार रुपैयाँ रह्यो ।

बुधबार ३१ वटा कम्पनीको शेयर मूल्य बढ्दा २१३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने एउटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । बुधबार १३ वटा समूह सूचकको सेयर मूल्य घटेको छ । बैकिङ ५०.२४, विकास बैंक १३०.३३, वित्त १८८.१९ , होटल र पर्यटन ३२८.२२, जलविद्युत १२५.९०, लगानी ४.१२, जीवन बीमा ५२८.७०, उत्पादन र प्रशोधन १८९.१२, लघुवित्त ७१.९६ , म्युअुचल फण्ड ०.३०, निर्जीवन बीमा ३८८.४२, व्यापार १०३.४५ र अन्य समूह ८१.७२ अंकले घटेको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, एनएलजी इन्स्योरेन्स कम्पनी र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रह्यो । नेपाल फाइनान्सको ३० करोड ५२ लाख, एक्सल डेभलपमेन्ट बैंक लिमिटेडको ३० करोड १५ लाख , हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २९ करोड ८० लाख, एनएलजी इन्स्योरेन्स कम्पनीको २८ करोड ३३ लाख र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २८ करोड २२ लाख बराबर कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार