SKIP THIS

NCELL

कुमारी बैंकका ग्राहकले काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी मा छुट पाउने

काठमाडौं । कुमारी बैंकका ग्राहकले, काठमाण्डौ स्थित काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर मा छुट पाउने भएका छन्  कुमारी बैंकका ग्राहकले केयर सेन्टरबाट प्रदान हुने सेवा विशेष छुट दिने दुई पक्षबीचमा सहमति भएको छ  ।

सम्झौतामा उल्लेख भएअनुसार  काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन् ।

यो खालको  सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार