SKIP THIS

NCELL

‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट 

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू हुनेछ ।

नजिकिँदै गरेको चाडपर्वको उत्सवमय बनाउन यो विशेष छुटको योजना ल्याइएको कम्पनीले जनाएको छ । छुट योजना चाडपर्वको अवधिभरी लागू हुमात्र लागु हुने कम्पनीले जनाएको छ । ‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउने कम्पनीको बनाइ छ  जसअन्तर्गत १ वर्ष नि:शुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), नि:शुल्क ३ बर्षको सडक कर(रोड ट्याक्स), नि:शुल्क ३ बर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टि र रू. १५ लाखसम्मको छुटहरूबाट लाभान्वित हुन सक्ने बताएको छ ।

निसान म्यागनाइट – एक बिग, बोल्ड, ब्युटिफुल र ‘कारिजम्याटिक’ एसयुभि नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट भएको कम्पनीको भनाई छ  राम्रो रिसेल भ्यालु र क्लास-लिडिङ सुविधाहरू रहेका छन् । निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८०% सम्म सहज फाइनान्सिङ, र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ रहेका छन्  ।  निसान एक्स-ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक भएकाले  मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र, उच्चस्तरको प्रविधिको साथ पारिवारिङ एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा हुने कम्पनीको भनाइ छ  । निसान एक्स-ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को सुविधा प्रापत हुने क्पनिले जनाएको छ ।

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिने कंपनीको भनाई छ  यो सुबिधा पाउने कम्पनीले तोकेको सर्त लागु हुने कम्पनीको भनाई रहेको छ  । पायोनियर मोटो कर्प यस योजना अवधिभर दिइने विभिन्न सुवीधा लिन आब्हान गरेको छ ।

पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड नेपालको लागि निसान गाडीको एकमात्र आधिकारिक वितरक हो । कम्पनीले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ ।

https://nissan-nepal.com/

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार