SKIP THIS

NCELL

सहकारी क्षेत्रको प्रभावकारी नियमन हुन्छ -मन्त्री अधिकारी

काठमाडौं ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अब सहकारीमा कडाइका साथ नियमन हुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १४औं स्थापना दिवसको अवसरकमा आयोजित  कार्यक्रममा  मन्त्री अधिकारीले प्रभावकारी नियमनका लागि काम गरिरहेको बताएका हुन् ।

उनले  सहकारी क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न नसकिने भएपनि विस्तार सुधार हुँदै जाने बताए । ‘सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन हामीले नियामक निकाय स्थापना गर्ने कार्य अगाडि बढाएका छौं । यसका लागि कानुन बन्दैछ’ उनले भने, ‘यो निकाय कस्तो बनाउने भनेर ऐनको मस्यौदा मन्त्रिपरिषदमा लिँदैछौं,’ उनले भने ।

उनले  सरकारको पक्षबाट यो क्षेत्रमा भएका समस्या हल गर्न प्रयास भइरहेको बताए । सहकारी क्षेत्रमा भएका राम्रा र नराम्रा पक्षलाई पत्रकारले उजागर गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ ।

‘अर्थतन्त्रको तीन खम्बा मध्ये एक महत्वपूर्ण खम्बा सहकारी हो । यस क्षेत्रमा भएका राम्रा र नराम्रा पक्षलाई पत्रकारले उजागर गर्नुपर्छ’, उनले भने, ‘अहिले यो क्षेत्रमा देखिएको अविश्वासमा विश्वसनीयता बढाउनुपर्छ । सहकारीप्रति अहिले भ्रम फैलाइएको छ, त्यसलाई हामीले चिर्नुपर्ने छ ।’

सोही कार्यक्रममा , कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रमा अहिले सबै मिलेर विश्वास बढाउनु पर्ने बताए । सहकारीका विषयगत संघ-संस्थालाई सक्रिय बताएका छन् ।

‘सहकारी क्षेत्र नै संवेदनशील अवस्थामा छ । यो अवस्थामा हामीले सहकारीकर्मी र सहकारीका सदस्यलाई विश्वास बढाउनु पर्छ,’ उनले भने, ‘ऐन नियम विपरित काम भएका भए पत्रकारले बाहिर ल्याउनुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रका विषय बाहिर ल्याउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

कार्यक्रममा समाजले सहकारीको पुरुत्थान विषयमा सीजेएन स्मारिका पनि विमोचन गरेको छ । समाजले आफ्नो १४औं स्थापना दिवसको अवसरमा ‘सीजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार’ अनलाइन खबरका पत्रकार विजय पराजुलीलाई प्रदान गरेको छ  । पराजुलीले २५ हजार रुपैयाँ राशीको पुरस्कार पाएका छन् । यस्तै, समाजको १४औं स्थापना दिवसमा संस्थापक सम्मानबाट पत्रकार मदन कोइराला सम्मानित भएका छन् । कोइराला डिसी नेपालमा आवद्ध छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार